अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ २१ गते।
छैठौं संस्करणको महिला साफ च्याम्पियनसिप आजदेखि हुने भएको छ ।
आज हुने उद्घाटन खेलमा आयोजक नेपालले भुटानसँग खेल्दैछ।
नेपाल र भुटानबीच साँझ ५:३० बजे खेल सुरू हुनेछ।
नेपाल र भुटानले सन् २०१४ यता तीन खेल खेलेका छन्। नेपालले तीनै खेलमा भुटानलाई हराएको छ। नेपालले भुटानविरूद्ध तीन खेलमा १९ गोल गर्दा अहिलेसम्म गोल खाएको छैन।