अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,भदौ २१ गते।
एसिया कप क्रिकेट अन्तर्गत भारत आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने भारत र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ मा सुरु हुनेछ ।
यसअघि भारत सुपर चारको पहिलो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । यता श्रीलंका भने लगातार दोस्रो जित निकाल्ने योजनामा छ । सुपर चारको पहिलो खेलमा श्रीलंकाले अफगानिस्तानलाई ४ विकेटले हराएको थियो ।
भारतलाई फाइनल सम्भावनालाई जोगाइ राख्न आजको खेलमा जित्नै पर्ने दबाब छ । आजको खेलमा जित निकाल्न नसके भारत प्रतियोगिताबाट बाहिरिने सम्भावना बढ्ने छ ।