अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,भदौ २५ गते।
एसिया कप अन्तर्ग सुपर चारको अन्तिम खेलमा श्रीलंकाले पाकिस्तानलाई पाँच विकेटले हराएको छ।
जितको लागि १ सय २२ रनको मध्यम लक्ष्य पछ्याएको श्रीलंकाले १७ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो। श्रीलंकाका लागि पाथुम निसंकाले सर्वाधिक ५५ रन बनाए।
यस्तै कुशल मेन्डिस र गुनाथिलका डक आउट हुँदा भानुका राजपक्षेले २४ रन बनाए। कप्तान दासुन शनकाले २१ रन जोड्दा धनन्जय डि सिल्भा ९ र वानिन्दु हसरंगाले १० रन बनाए ।
पाकिस्तानका मोहम्मद हसनैन र हरिस रौफले २-२ विकेट लिए। यस्तै उस्मान कादिरले एक विकेट हात पारे।
त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियमा टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले १९.१ ओभरमा अलआउट हुँदै १ सय २१ रन बनायो। उसका लागि बाबर आजमले सर्वाधिक ३० रन बनाए।
मोहम्मद नवाजले २६ रन बनाउँदा ओपनर मोहम्मद रिजवान १४, फखार जमान र इफ्तिखर अहमद समान १३–१३ रन बनाए।
योसँगै श्रीलंका सुपर फोरमा तीन खेलमा अपराजित रहँदै शीर्ष स्थानका साथ फाइनल खेल्ने भएको छ। पराजित पाकिस्तानले दोस्रो स्थानमा रहँदै फाइनल खेल्ने भएको हो।