टी-ट्वान्टी विश्वकप क्रिकेटमा न्युजिल्याण्डलाई ७ विकेटले हराउँदै पाकिस्तान फाइनलमा प्रवेश…

अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,कार्तिक २३ गते।

टी-ट्वान्टी विश्वकप क्रिकेटमा न्युजिल्याण्डलाई ७ विकेटले हराउँदै पाकिस्तान फाइनलमा प्रवेश गरेको छ ।

न्युजिल्याण्डले दिएको १ सय ५३ रनको लक्ष्य पाकिस्तानले १९ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।

पाकिस्तानको जितमा मोहमद रिजवानले ५७ रनको अर्धशतकीय इनिङ खेले ।

यस्तै कप्तान बाबर आजमले ५३ रनको अर्धशतकीय इनिङ खेले । मोहमद हरिसले ३० रन जोड्दा शान मसुदले अविजित २ रन बनाए ।

न्युजिल्याण्डका ट्रेन्ट बोल्टले २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५२ रन बनाएको थियो।

न्युजिल्याण्डका लागि ड्रयाल मिचेलले अविजित रहँदै सर्वाधिक ५३ रनको अर्धशतकीय इनिङ खेले ।

जेम्स निशमले अविजित १६ रन बनाए । कप्तान केन विलियम्सनले ४६ रन बनाए ।

अब पाकिस्तानले उपाधिका लागि भारत र इंग्ल्यान्डबीचको विजेतासँग खेल्नेछ । भारत र इंग्ल्यान्डबीचको दोस्रो सेमिफाइनल बिहीबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *