सुदुरपश्चिममा पुन: भूकम्पको धक्का महसुस

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,कार्तिक २४ गते।

सुदुरपश्चिममा पुन: भूकम्पको धक्का महसुस गरिएको छ ।

बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । बिहीबार बिहान ५ : १२ मिनेटमा बाजुराको खप्तड छेडेदह गाउँपालिका केन्द्रविन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि मंगलबार राति डोटी केन्द्रविन्दु भएर ६.६ म्याग्नेच्युटको भूकम्प गएको थियो । सो भूकम्पका कारण ६ जनाको मृत्यु भएको थियो । त्यस्तै दर्जनौँ घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *