आज मोरङ क्षेत्र नं. ३ को (१) मा मनोनयन दर्ता

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,कार्तिक २४ गते।

आज मोरङ क्षेत्र नं. ३ को (१) मा मनोनयन दर्ता गर्नका लागि समय तय गरेको छ ।

मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अन्तर्गत प्रदेश सभातर्फ मोरङ क्षेत्र नं. ३ को (१) मा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार रहेका शेखरचन्द्र थापाको निधन भएपछि बुधवार आयोगले उक्त दलका लागि उम्मेदवार बिहीबार मनोनयन दर्तासहितका नयाँ निर्वाचन कार्यक्रम तय गरेको हो ।

बिहीबार बिहान १० देखि १ बजेसम्म सम्बन्धित राजनीतिक दलले उम्मेदवार मनोनयन दर्ता हुनेछ । कात्तिक २५ गते ४ बजे निर्वाचन चिन्ह दिएपछि प्रक्रिया सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *