दोस्रो सेमिफाइनलमा आज भारत र इंग्याण्ड भिडदै

अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,कार्तिक २४ गते।

आईसीसी टी-२० विश्व कप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज भारत र इंग्याण्ड भिडदैछन्।

खेल दिउँसो पौने दुई बजे सुरु हुनेछ।

भारतले पाकिस्तान, नेदरल्यान्ड्स, बङ्गलादेश र जिम्बाब्वेलाई हराएको थियो भने दक्षिण अफ्रिकासँग पराजित भएको थियो।

यस्तै,इंग्ल्याण्डले अफगानिस्तान, न्युजिल्यान्ड र श्रीलङ्कालाई हराएको थियो। इंग्ल्याण्ड आयरल्यान्डसँग पराजित भएको थियो भने अस्ट्रेलियासँगको खेल वर्षाले प्रभावित भएको थियो।

१० वर्षपछि टी–२० विश्वकपको सेमिफाइनलमा भारत रइंग्ल्याण्डको खेल हेर्न पाउनेछन्।  अन्तिम पटक यी दुई टोलीले सन् २०१२ मा खेलेका थिए। त्यो बेला भारतले सहज जित निकालेको थियो।

भारत र इंग्ल्याण्डबीच अहिलेसम्म २२ वटा टी–२० खेल भएकोमा भारतले १२ वटा र इंग्ल्याण्डले १० वटा खेल जितेका छन्।

अहिलेसम्म भारत र इंग्ल्याण्ड ले एक एक पटक टी–२० विश्वकपको उपाधि जितेका छन्। भारतले सन् २००७ को विश्वकप र इंग्ल्याण्डले सन् २०१० को विश्वकप जितेका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *