अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,कार्तिक २४ गते।
टी–२० विश्वकप २०२२ को दोस्रो सेमीफाइनलमा भारतलाई १० विकेटले हराउँदै इंग्ल्यान्डले फाइनलमा पुगेको छ।
अब इंग्ल्यान्डले उपाधिका लागि पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनलमा बुधबार पाकिस्तानले न्युजिल्याण्डलाई ७ विकेटले पराजित गरी फाइनलमा स्थान बनाईसकेको छ । फाइनल खेल आइतबार हुनेछ ।
भारतले दिएको १ सय सय ६९ रनको लक्ष्य इंग्ल्यान्डले १६ ओभरमा बिना विकेटको क्षतिमा १ सय ७० रन बनाउँदै पूरा गर्यो ।