विश्वकप फुटबलमा घानालाई हराउदै पोर्चुगल विजयी

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,मंसिर ९ गते।

विश्वकप फुटबलमा बिहीबार भएको खेलमा पोर्चुगलले घानालाई ३–२ गोल अन्तरले हराएको हो ।

पोर्चुगललाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो, जाओ फेलिक्स र राफेन लियोले एक–एक गोल गरे ।

घानाका लागि आन्द्रे लेओ र ओसमान बुकारीले एक–एक गोल गरे ।  खेलको ६५ औं मिनेटमा रोनाल्डोले पेनाल्टी मार्फत गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए ।  घानाका लागि खेलको ७३ औं मिनेटमा आन्द्रे अवेले बराबरी गोल फर्काए ।

खेलको ७८ औं मिनेटमा फेलिक्सले गोल गर्दै पोर्चुगललाई २–१ गोलको अग्रता दिलाए ।  खेलको ८० औं मिनेटमा राफेलले गोल गर्दै पोर्चुगललाई ३–१ गोलको अग्रता दिलाए ।

८९ औं मिनेटमा घानका लागि बुकारीले एक गोल फर्काए पनि पोर्चुगलले ३–२ गोलको जित निकाल्यो । जितसँगै पोर्चुगलले ३ अंक जोड्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *