अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,मंसिर १५ गते।
कतारमा जारी फिफा विश्वकप फुटबलमा अर्जेन्टिना पोल्यान्डलाई २–० गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको हो ।
स्टेडियम ९७४ मा बुधबार राति पोल्याण्डलाई २-० गोल अन्तरले हराउँदै अर्जेन्टिना नकआउट चरणमा पुगेको हो ।
खेलको ३९ औं मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी पेनाल्टीमा गोल गर्न चुकेका थिए । उनको प्रहार पोलिस गोलकिपर उत्कृष्ट बचाए ।
तर, ४६ औं मिनेटमा एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए । त्यसपछि खेलको ६७ औं मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई २-० गोलको जित दिलाए ।
यस जितसँगै अर्जेन्टिना समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । अर्जेन्टिनाले ३ खेलमा ६ अङ्क जोड्यो । पोल्याण्डले ३ खेलमा ४ अङ्क जोड्यो ।