फिफा विश्वकप फुटबल अन्तर्गत आज चार खेलहरू हुँदै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,मंसिर १५ गते।

फिफा विश्वकप फुटबल अन्तर्गत आज चार खेलहरू हुँदै छन् । आज समूह ‘ई’ र समूह ‘एफ’ का दुई दुई खेलहरू हुनेछन् ।

बेलुकी पौने ९ बजे हुने खेलहरूमा समुह ‘एफ’ मा रहेका क्रोएसिया र मोरक्को तथा क्यानडा र बेल्जियम भिड्नेछन् । यो समूहमा दुई खेलबाट ४-४ अङ्क जोडेका क्रोएसिया र मोरक्को शीर्ष दुई स्थानमा रहेका छन् । ३ अङ्क जोडेको बेल्जियम तेस्रो स्थानमा रहेको छ ।

आजको खेल जितेको अवस्थामा बेल्जियम नकआउट चरणमा पुग्नेछ । क्रोएसिया र मोरक्कोबीचको खेलमा विजयी हुने टोली समूह विजेता बन्नेछ ।

यस्तै, बिहीबार राति पौने १ बजे समुह ‘ई’ मा रहेका जापान र स्पेन तथा कोष्टारिका र जर्मनीको भिडन्त हुनेछ । यो समूहमा २ खेलबाट स्पेनले ४ अङ्क जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *