अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,मंसिर २८ गते।
अर्जेन्टिना फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।
कतारको लुसेइल रङ्गशालामा भएको खेलमा क्रोएसियालाई ३-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना फाइनलमा पुगेको हो । फाइनलमा अर्जेन्टिनाले फ्रान्स र मोरक्कोबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
अर्जेन्टिनाको जितमा कप्तान मियोनेल मेस्सीले खेलको ३४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे भने जुलियनले ३९ र ६९ औं मिनेटमा गोल गरे ।
फाइनल खेल आइतबार राति हुनेछ ।