अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,मंसिर २८ गते।
निर्वाचन आयोगले आज प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम नतिजा घोषणा गर्ने भएको छ ।
आज दिउसो साढे १ बजे पत्रकार सम्मेलन गरेर अन्तिम नतिजा घोषणा गर्न लागिएको हो ।
आयोगले बिहीबार राष्ट्रपतिसमक्ष सम्पूर्ण निर्वाचन परिणाम प्रस्तुत गर्ने बताएको छ। राष्ट्रपतिलाई अन्तिम परिणाम बुझाएसँगै सरकार गठन र संसदीय प्रक्रिया अघि बढ्छ ।