प्रदेश लोक सेवा आयोग सुदूरपश्चिम द्धारा कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,मंसिर २८ गते।

प्रदेश लोक सेवा आयोग सुदूरपश्चिमले स्थानीय सरकारी सेवा तर्फका सहायक पाँचौँ तहका अप्राविधिक पदहरूका लागि आयोगले दरखास्त आह्वान गरेको हो ।

सुदूरपश्चिम प्रदेशस्थित स्थानीय तहहरूमा रिक्त भएका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि आवेदन माग गरिएको हो । योग्यता पुगेका उमेदवारहरूले एक महिनाभित्र आयोगको विद्युतीय दरखास्त प्रणालीमार्फत दरखास्त दिनुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *