अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,मंसिर २८ गते।
दिल्लीमा एक विद्यालयकी छात्रामाथि एसिड प्रहार भएको छ ।
दिल्ली प्रहरीका अनुसार यो घटना दिल्लीको द्वारका जिल्लाको हो ।
छात्रालाई दिल्लीको सफदरजंग अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।
छात्राले यस विषयमा आफूले चिनेका दुई जनामाथि शंका व्यक्त गरेकी छन् । यस सम्बन्धमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
बालिकाको अवस्था सामान्य रहेको बताइएको छ ।