अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,पुस १६ गते।
नेपाल टी-ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा आज दुई खेलहरू हुँदैछन् ।
खेल बिहान ९ बजेबाट सुरु हुनेछ । पहिलो तथा प्रतियोगिताको पन्ध्रौँ खेलमा लुम्बिनी अल स्टार र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ ।
पाँच खेलमा अपराजित लुम्बिनी छैटौँ जित निकाल्न चाहन्छ । लुम्बिनी ५ खेलमा १० अंकका साथ अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ ।
छ खेल खेलेर एक जित हात पारेर २ अङ्क सहित पोखरा ६ खेलबाट अङ्क तालिकाको पाँचौँ स्थानमा रहेको छ । यही संस्करणको पहिलो भेटमा लुम्बिनी ३ विकेटले विजयी भएको थियो ।
आज नै हुने दोस्रो खेलमा जनकपुर रोयल्स र विराटनगर सुपर किंग्सबीच खेल हुदैछ । खेल दिउसो १ बजे बाट सुरु हुनेछ।
चार खेल खेलेर ३ जित हात पारेको जनकपुर चौथो जितको खोजीमा रहेको छ । जनकपुर ४ खेलमा ६ अंकका साथ अङ्क तालिकाको दोस्रो स्थानमा रहेको छ ।
चार खेल खेलेर दुई जित हात पारेको विराटनगर तेस्रो जितको खोजीमा रहेको छ । विराटनगर ४ खेलमा २ अंकका साथ अङ्क तालिकाको चौथो स्थानमा रहेको छ ।
दुवै खेल कीर्तिपुरस्थित टियु मैदानमा हुनेछ ।