अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,पुस १७ गते।
प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ आज पोखरा जाँदै छन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटनका लागि उनी पोखरा जाने भएका हुन्।
प्रधानमन्त्री बिहान ११:०० बजे पोखरा पुग्ने कार्यक्रम रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले जानकारी दिए । प्रधानमन्त्रीसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल पनि कार्यक्रममा सहभागी हुँदै छन् ।
पहिलो विमानबाट आएका यात्रुलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिने उनले जानकारी दिए । विमानस्थल शुभारम्भकै अवसरमा बिहान १०:०० बजे पोखरा महानगरपालिकाद्वारा अमरसिंह चोकबाट विमानस्थलसम्म र्याली आयोजना गरिएको छ ।