आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२३ सुरु

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,पुस १७ गते।

ग्रेगोरियन पात्रोअनुसार आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२३ सुरु भएको छ ।

यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ। अंग्रेजी नयाँ वर्षको अवसरमा नेपालसहित विश्वभरका मानिसले एक आपसमा शुभकामना आदान प्रदान गरिरहेका छन्।

केही वर्षअघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ । विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत स्थानमा ‘न्यू इयर इभ’का नाममा यो संवत् मनाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *