अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,पुस १७ गते।
मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशभर अत्यधिक चिसो बढ्ने पूर्वानुमान गरेको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाले यस अवधिमा सतर्कता अपनाउन र चिसोबाट बच्न नागरिकहरुलाई आग्रह गरेको छ ।
पछिल्लो केही दिनयता देशभर बाक्लो हुस्सु लाग्ने चिसोको उतारचढाव भइरहेको छ। आगामी तीन दिनसम्म देशका अधिकांश स्थानमा शीतलहरको सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विज्ञहरूको सुझाव छ।