अनलाईन न्युजपाटी ,बिरगंज,समाचारदाता,पुस १८ गते।
बाराको गुलरियाबाट पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ परेको छ ।
मोतिहारी जिल्ला मोतिहारी नगरपालिका–१६ बस्ने ४० वर्षीय चन्दन कुमारलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका चन्दनको साथबाट एक थान पेस्तोल, म्याग्जिन र ७ राउन्ड गोली बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं १२ गण हेडक्वाटर बाराका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक अमरबहादुर खत्रीले जानकारी दिए ।
दाहिने कम्मरमा होस्टाइल भित्र मोडल नं २०२२ आर एफ आई लेखिएको ३ राउण्ड गोली लोड भएको पेस्तोल बरामद भएको उनले बताए ।
चन्दनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।