अनलाईन न्युजपाटी,ऐजेंसी,समाचारदाता, माघ १८ गते।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले कोरोना भाइरस संक्रमणबीच भोजमा सहभागी भएका माफी मागेका छन्।
प्रधानमन्त्री जोनसनले छानबिन रिपोर्टमा उल्लेख भएका कुरा स्वीकार गरेको र संवेदनशीलतालाई आफूले बुझेको भए राम्रो हुने बताएको बिबीसीले जनाएको छ।
‘हामी सबैले आफूलाई ऐनामा हेर्नुपर्छ, तर यसको मतलब मेरा क्रियाकलाप सबै नियमभित्रै थिए भन्ने होइन,’ सम्बोधनका क्रममा प्रधानमन्त्री जोनसनले भनेका थिए।
यद्यपी प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिट र मन्त्रिपरिषद् भवन सञ्चालनको तरिका बदल्न लागेको भन्दै उनले यसले धेरै सुधार ल्याउने दाबी गरे। तर विपक्षी दलले भने प्रधानमन्त्रीले भोजभतेर गरेको विषय लाजमर्दो भएको भन्दै राजीनामा माग गरेका छन्।