अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ १८ गते।
आज नेपाल र मरिससबीच दोस्रो मैत्रीपूर्ण फुटबल खेल हुँदैछ ।
खेल आज अपराह्न पौने पाँच बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले मरिससलाई एक–शून्यले हराएको थियो । नेपालको जितमा विमल घर्तीमगरले निर्णायक गोल गरेका थिए ।
प्रशिक्षकले यसअघि घोषित टिममा दुई जना खेलाडी परिवर्तन गरेका छन् । यसअघि घोषित टिममा रहेका अनन्त तामाङ र प्रशान्त अवस्थीको सट्टा दर्शन गुरुङ र मनिष डाँगीलाई समावेश गरिएको छ ।