अनलाईन न्युजपाटी,ऐजेंसी,समाचारदाता, फाल्गुन २३ गते।
रुसमा विरोध प्रदर्शन गर्ने ४६ सय भन्दा धेरै मानिसहरु पक्राउ परेका छन्।
सरकारले युद्धको विरोधमा प्रदर्शन गर्न रोक लगाए पनि रुसका सहरमा प्रदर्शन भने रोकिएको छैन।
रुसले गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण सुरु गरेको थियो। त्यसयता उसले आक्रमण निरन्तर जारी राखेको छ।
रुसको यो आक्रमणको विरोधमा विश्वभर प्रदर्शन भइरहेको छ तर रुसले भने युक्रेनमाथिको आक्रमण झन् बढाउँदै लगेको छ।