अमेरिकामा हवाईजहाज, रेल र बसजस्ता सार्वजनिक यातायातमा यात्रा गर्दा मास्क अनिवार्य लगाउनु पर्ने नियम हटाइयो

अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता,वैशाख ६ गते।

एक अदालतले अमेरिकामा हवाईजहाज, रेल र बसजस्ता सार्वजनिक यातायातमा यात्रा गर्दा मास्क अनिवार्य लगाउनु पर्ने नियम हटाइदिएको छ।

फ्लोरिडाकी न्यायाधीश क्याथरिन किम्बल मिजेलले सोमबार सार्वजनिक यातायातमा मास्क अनिवार्य लगाउनु पर्ने नियम कानुनसम्मत नभएको भन्दै हटाइदिएकी हुन्।

न्यायाधीश क्याथरिनलाई तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले नियुक्त गरेका थिए। अदालतको आदेशपछि अमेरिकाका प्रमखु एयरलाइन्सहरूले आन्तरिक उडानमा यात्रुले मास्क अनिवार्य लगाउनु पर्ने नियम हटाएका छन्।

मास्क लगाउने कुरा अब यात्रुको इच्छाको कुरा भएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *