डब्ल्युएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस आज नेपाल आउँदै

अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता,वैशाख ८ गते।

डब्ल्युएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस आज नेपाल आउँदै छन् । उनले वैशाख ८ देखि १० गतेसम्म नेपालको भ्रमण गर्ने छन् ।

महानिर्देशक गेब्रेयससले नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का लगायतसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । तीन दिने भ्रमणका लागि आउन लागेका महानिर्देशक गेब्रेयससले आज नै स्वास्थ्य मन्त्री विरोध खतिवडा, परराष्ट्रमन्त्री नारायण खड्कालाई समेत भेट्ने छन् ।

आजै राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनालाई पनि भेट्ने भएका छन् । महानिर्देशक गेब्रेयससले शुक्रबार राष्ट्रपति भण्डारी, प्रधानमन्त्री देउवासँग भेट गरी हनुमान ढोका दरबार स्वाक्यर, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, पाटन हाइस्कुल, र टाइफाइड खोप कार्यक्रमका बारेमा समेत जानकारी लिने कार्यक्रम तय भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *