अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता,असार १३ गते।
फिलिपिन्समा १६५ यात्रु सवार एउटा डुंगामा आगलागी भएको छ ।
आगलागीमा एक जनाको मृत्यु भएको र अर्का एक जना हराइरहेका फिलिपिन्सको तटीय गार्डले जनाएको छ ।
१५७ यात्रु र आठ चालकदलसहितको उक्त डुंगा उबेबाट बोहोलतर्फ बढिरहेको थियो । आगो लागेपछि यात्रुहरू डुंगाबाट हाम फालेका थिए । आगलागीको कारण खुलेको छैन् ।