अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता,साउन ३ गते।
श्रीलंकाका राष्ट्रपतिले राजीनामा दिएपछि नयाँ राष्ट्रपतिका लागि आज संसदमा मनोनयन हुँदैछ ।
नयाँ राष्ट्रपति चयनका लागि बुधबार सांसदहरुले मतदान गर्ने बताइएको छ ।
गत हप्ता आर्थिक संकट विरुद्धको भीषण प्रदर्शनपछि गोटाबाया देश छोडेर भागेका थिए ।
नयाँ राष्ट्रपतिको रुपमा सबैभन्दा बढी चर्चा कार्यवाहक राष्ट्रपति रनिल विक्रमसिंघेको छ । राजापाक्षे परिवारसँग निकट रहेका उनलाई सत्ताधारी श्रीलंका पिपुल्स फ्रन्टको समर्थन छ ।