भारतको १५औँ राष्ट्रपतिमा चुनिएकी द्रौपदी मुर्मू आज शपथ लिँदै

अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता,असार ९ गते।

भारतको १५औँ राष्ट्रपतिमा चुनिएकी द्रौपदी मुर्मूले आज शपथ लिँदै छिन् । उनी आदिवासी समुदायबाट राष्ट्रपति बन्ने पहिलो महिला बनेकी हुन् ।

भारतको केन्द्रीय गृह मन्त्रालयले शपथ ग्रहणको कार्यक्रम स्थानीय समय अनुसार बिहान सवा १० बजे हुने जनाएको छ ।

शपथ पछि मुर्मूलाई २१ तोपको सलामी दिइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यसपछि उनले राष्ट्रका नाममा सम्बोधन गर्नेछिन् । उनले आजै पदभार ग्रहण गर्ने पनि खबरमा उल्लेख गरिएको छ ।

सत्तारुढ भारतीय जनता पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार मुर्मूले विपक्षी दलका यसवन्त सिन्हालाई पराजित गर्दै विजयी भएकी थिइन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *