अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,भदौ २६ गते।
आज शंकराचार्य स्वरूपानन्द सरस्वतीको ९९ वर्षको उमेरमा निधन भएको हो ।
उनले मध्यप्रदेशको नरसिंहपुरमा अन्तिम सास लिए।
स्वरूपानन्द सरस्वतीलाई हिन्दूहरूको सबैभन्दा ठूलो धार्मिक नेता मानिन्थ्यो।
शंकराचार्य स्वामी स्वरूपानन्द सरस्वतीको गंगा आश्रम नरसिंहपुर जिल्लाको झोटेश्वरमा छ।
उनले आज दिउँसो ३:३० बजे अन्तिम सास लिए ।
स्वरूपानन्द सरस्वतीको जन्म २ सेप्टेम्बर १९२४ मा एमपी को सिवनीमा भएको थियो।
१९८२ मा उनी गुजरातको द्वारका शारदा पीठ र बद्रीनाथको ज्योतिर मठको शंकराचार्य बने।