अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,भदौ २७ गते।
श्रीलंकाले एसिया कप क्रिकेटको उपाधि जितेको छ ।
पाकिस्तानलाई २३ रनले पराजित गर्दै श्रीलंकाले उपाधि हात पारेको हो ।
पहिले ब्याटिङ गरेको श्रीलंकाले पाकिस्तानलाई जितका लागि १७१ रनको लक्ष्य दिएको थियो । तर, पाकिस्तानले उक्त लक्ष्य निर्धारित २० ओभरमा अलआउट हुँदै १४७ रन मात्रै बनायो ।
श्रीलंकाको यो छैटौं एसिया कप उपाधि हो ।