अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,असोज ४ गते।
मेक्सिकोमा ७ दशमलव ६ रेक्टर स्केलको भुकम्प जाँदा दुई जनाको मृत्यु भएको रोयटर्सले जनाएको छ।
जनघनत्व बढी रहेको पश्चिमी शहर मिचुवाकानलाई केन्द्रविन्दु बनाएर स्थानीय समय अनुसार दिउँसो १ बजे भुकम्प गएको थियो।
भुकम्पका कारण भवन भत्किँदा दुईको मृत्यु भएको हो। क्षतिको थप विवरण आउन बाँकी छ।