अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असोज ५ गते।
रूसले २०२४ मा हुने युरोकप छनोट खेल्न नपाउने भएको छ।
फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गरेसँगै विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) र युइएफएले रूसलाई अन्तर्राष्ट्रिय फुटबलमा प्रतिबन्ध लगाएको थियो। त्यसयता रूस र रुसी क्लबहरू फिफा र युइएफएको प्रतिबन्धमा छन्।
‘रुसलाई युरोपियन फुटबल च्याम्पियनशिप २०२२–२४ को छनोट ‘ड्र’ मा समावेश नगरिएको युइएफएले विज्ञप्तिमा भनेको छ। रूसले यसै वर्ष कतारमा आयोजना हुने फिफा विश्वकपमा समेत प्रतिबन्ध गरिएको छ।
यससँगै रूसले सन् २०२२ देखि २०२४ सम्म हुने युरोकपको छनोट चरणमा सहभागी हुन नपाउने भएको छ।