अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,असोज ५ गते।
हास्यकलाकार तथा अभिनेता राजु श्रीवास्तवको आज निधन भएको हो ।
१० अगस्टमा हृदयघात भएपछि उनलाई एम्समा भर्ना गरिएको थियो । राजु श्रीवास्तव ५८ वर्षका थिए।
दिल्लीको जिममा व्यायाम गर्दागर्दै उनलाई हृदयघात भएको थियो ।
राजु श्रीवास्तवको जन्म २५ डिसेम्बर १९६३ मा उत्तर प्रदेशको कानपुरमा भएको थियो।
बाल्यकालमा उनको नाम सत्य प्रकाश श्रीवास्तव थियो। राजुलाई बाल्यकालदेखि नै मिमिक्री र कमेडी गर्न मन लाग्थ्यो ।
राजुले कमेडी शो द ग्रेट इन्डियन लाफ्टर च्यालेन्जबाट पहिचान पाएका थिए ।
राजु श्रीवास्तवले १९९३ मा शिखा श्रीवास्तवसँग विवाह गरेका थिए । उनीहरुका दुई सन्तान छन् ।
रक्षामन्त्री राजनाथ सिंह, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल, उत्तर प्रदेशका उपमुख्यमन्त्री केशवप्रसाद मौर्यलगायत सबै ठूला नेताहरू र चलचित्र जगतका सेलिब्रेटीहरुले राजु श्रीवास्तवको शोक व्यक्त गरेका छन् ।