कानपुरमा ट्रयाक्टर पल्टिँदा २६ जनाको मृत्यु, कैयौँ घाइते

अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,असोज १६ गते।

कानपुरमा ट्रयाक्टर पल्टिँदा २६ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् ।

शनिबार राति श्रद्धालु बोकेको ट्रयाक्टरको ट्रली घाटमपुर क्षेत्रमा गाउँ नजिकै पानीले भरिएको सडक छेउको खाल्डोमा खसेर दुर्घटना भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

मृतकमा १४ महिला र बाँकी बालबालिका रहेका छन् । प्रत्यक्षदर्शीका अनुसार ट्रयाक्टर ट्रली पल्टिएर सडकको छेउमा पानी भरिएको खाल्डोमा खसेको थियो ।

यद्यपि दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *