पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,कार्तिक १८ गते।

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि बिहीबार गोली प्रहार भएको छ।

राजधानीको पूर्वी शहर बाजिराबादमा आयोजित विरोध कार्यक्रममा सहभागी खानमाथि गोली प्रहार भएको हो। उहाँको खुट्टामा गोली लागेको बताइएको छ ।

गोली चलेपछि मार्चका क्रममा भाग दौड मच्चिएको थियो । कन्टेनरमा सवार पीटीआईका नेतासहित सबै आत्तिएका थिए । एआरवाई न्युजका अनुसार गोली चल्दा प्रदर्शन जफराली खान चोक नजिकै पुगेको थियो ।

पूर्व प्रधानमन्त्री खानको लङ मार्च कन्टेनर नजिकै गोली चल्दा उहाँसहित अन्य पाँच जना घाइते भएको स्रोतलाई उद्धृत गर्दै सञ्चारमाध्यमले गोली काण्डमा पाँच जना घाइते भएको जानकारी दिएका छन् ।

गोली लागेर घाइते भएकाहरूलाई एम्बुलेन्समा राखेर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

घटना संलग्न भएको आरोपमा एक जना युवकलाई पक्राउ गरिएको बीबीसीले जनाएको छ ।

घाइते पूर्व प्रधानमन्त्रीसहित सबैको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *