अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,पुस १५ गते।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हिराबेनको निधन भएको हो । मोदीकी आमा हिराबेनको १०० वर्षको उमेरमा शुक्रबार बिहान साढे तीन बजे निधन भएको हो ।
प्रधानमन्त्री मोदीले ट्वीट गर्दै आफूलाई मातृ शोक परेको बताएका छन् । स्वास्थ्यमा समस्या भएपछि हिराबेनलाई अहमदाबादस्थित यूएन मेहता अस्पतालमा भर्ना गरिएको थियो ।
उनको उपचारकै क्रममा निधन भएको बताइएको छ ।