विश्व प्रशिद्ध ब्राजिलियन फुटबल खेलाडी पेलेको निधन

अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,पुस १५ गते।

विश्व प्रशिद्ध ब्राजिलियन फुटबल खेलाडी पेलेको निधन भएको छ ।

मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित पेलेको ८२ वर्षको उमेरमा निधन भएको हो ।

फुटबल इतिहासमा उनी सबैभन्दा प्रसिद्ध र लोकप्रिय फुटबल खेलाडीहरू मध्ये एक मानिन्छन।

विश्वभर उनलाई पेलेको नामले चिनिएपनि उनको पूरा नाम एडसन आरेनटेस दो नासिमेन्टो हो ।

पेलेले उनको जीवन कालमा चारवटा बिश्व खेलेका थिए । जसमातीन खेल जितेका थिए । उनले १९५८ ,१९६२ र १९७० मा सहभागी भइ १४ खेलमा १२ गोल गरेका थिए ।

उनले आफ्नो व्यावसायिक खेल जीवनमा १ हजार ३ सय ६३ खेलहरूमा १ हजार २ सय ८१ गोलहरू पनि गरेका थिए ।

उनको निधनमा विश्वभरबाट श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । कतार वर्ल्ड कपको विजेता अर्जेन्टिनी फुटबलर मेसी, क्रिष्टियानो रोनाल्डो, नेयमार लगायतले पनि उनको निधनमा शोक व्यक्त गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *