भारतका स्टार क्रिकेटर ऋषभ पन्त कार दुर्घटनामा परी घाइते

अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,पुस १५ गते।

भारतीय क्रिकेटर ऋषभ पन्त कार दुर्घटनामा परी घाइते भएका छन् ।

उनी उत्तराखण्डको हरिद्वार जिल्लामा दुर्घटनामा पर्दा घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

दुर्घटनामा परी गम्भीर घाइते बनेका उनको रुडकी सिभिल अस्पतालमा प्रारम्भिक उपचारपछि देहरादुनको म्याक्स अस्पतालमा सारिएको छ ।

उत्तराखण्डको रुडकीमा उनको कार डिभाइडरसँग ठोक्किएको थियो। समाचारमा उल्लेख गरिए अनुसार रुडकीको सीमाक्षेत्रमा उक्त दुर्घटना भएको हो। दुर्घटनापछि कारमा आगो लागेको थियो।

पन्त कारबाट उत्तराखण्डस्थित आफ्नो घर जाँदै थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *