अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,पुस २३ गते।
सेञ्चुरी बैंक र प्रभु बैंकको सेवा ४ दिनका लागि अवरुद्ध हुने भएको छ ।
शुक्रबार राति १० बजेदेखी २६ गते मंगलबार बिहान ९.४५ सम्म कोर बैंकिङ सिस्टममा आवश्यक डाटा माइग्रेसनका लागि बैंकको प्रधान कार्यालय, शाखा कार्यालय तथा एक्स्टेन्सन काउन्टरहरुबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु साथै एटीएम, इनटरनेट बैंकिङ र मोबाइल बैंकिङ सेवा समेत बन्द हुने बैंकले जनाएको छ ।
२६ पुस बिहान ९:४५ बजे पछि सम्पूर्ण बैंकिङ सेवा यथावत रुपमा सञ्चालन हुने बैंकले जनाएको छ ।
प्रभु बैंकमा गाभिने लागेको सेञ्चुरी बैंकको पनि सेवा अवरुद्ध हुने जनाएको छ ।