अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,पुस २३ गते।
आगलागीबाट धनगढीमा पसल र घर जलेर नष्ट भएको छ।
जिल्लाको धनगढी उपमहानगरपालिका-१९ को पच्चीस घर बजारमा स्थानीय लक्ष्मण चौधरीले सञ्चालन गरेको स्पर्ष सपिङ सेन्टरमा आगलागी हुँदा ६० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट पसलको दुई वटा कोठा, पसल भित्ररहेको सम्पुर्ण कपडा, अन्य सामान गरी ६० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशीले बताए ।
आगलागीबाट मानविय क्षति भने हुन पाएको छैन् । आगलागी के कारण भएको भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।