अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,पुस २४ गते।
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जसका कारण आज दिउँसो देशको पहाडी क्षेत्रमा आंशिक बदली हुने सम्भावना छ भने बाँकी भू-भाग भने सफा रहेनछ ।
आज पनि तराईमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । पश्चिम र मध्य तराईका केही भू-भागमा बिहानैदेखि कुहिरो/हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। राती सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ। सोमबार भने सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
तराईका धेरै भू-भागहरूमा बाक्लो हुस्सु लाग्ने र दैनिक जन जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।