आजदेखि सातवटै प्रदेशस्तरबाट श्रम स्वीकृति प्रदान गर्ने

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,पुस २४ गते।

आजदेखि सातवटै प्रदेशस्तरबाट श्रम स्वीकृति प्रदान गर्ने भएको छ ।

हालसम्म काठमाडौंबाट मात्र हँदै आएको श्रम स्वीकृतिको काम विकेन्द्रीकरण गरी अघि बढेको सरकारले श्रम तथा रोजगार कार्यालय विराटनगर र जनकपुरबाट पनि आजदेखि नै संस्थागत र व्यक्तिगत श्रम स्वीकृति दिने काम सुरु गर्ने मन्त्रालयले जनाएको छ ।

यसअघि पुनः श्रम स्वीकृति मात्रै हुँदै आएका यी कार्यालयबाट यही पुस २४ गतेदेखि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति पनि प्रदान हुने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए।

उनका अनुसार वैदेशिक रोजगार कार्यालय पोखरा र बुटवलबाट केही समयअघि देखि नै संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृति सेवा प्रदान हुँदै आएको छ।

श्रम तथा रोजगार कार्यालय सुर्खेत र कैलालीको धनगढीबाट पनि पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति प्रदान हुन थालेको छ।

आगामी आइतबारदेखि विराटनगर र जनकपुरमा रहेका श्रम तथा रोजगार कार्यालयबाट समेत सबै किसिमका श्रम स्वीकृति पाइने व्यवस्था हुने भएको सह–सचिव तथा प्रवक्ता डण्डुराज घिमिरेले बताए। उनका अनुसार योसँगै अब सातै प्रदेशबाट सबैखाले श्रम स्वीकृति लिन सकिने व्यवस्था भएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *