नेपाल टी-२० लिगको क्वालिफायरमा आज लुम्बिनी र जनकपुरबीच खेल हुँदै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,पुस २४ गते।

नेपाल टी-२० लिगको क्वालिफायरमा आज लुम्बिनी र जनकपुरबीच खेल हुँदैछ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे १२ बजेपछि खेल हुनेछ।

दुवै टिम जित निकाल्दै सिँधै उपाधि भिडन्त पक्का गर्ने योजनामा छन्। लुम्बिनीले १० खेलमा ८ जित निकाल्दै शीर्ष स्थानमा रहेर क्वालिफायरमा स्थान बनाएको हो। जनकपुरले लिग चरणका १० खेलमा ७ जित निकालेको थियो।

लिग चरणमा यी दुई टिमबीच भएको पहिलो खेलमा लुम्बिनी ५ रनले विजयी भएको थियो। दोस्रो खेलमा जनकपुरले लुम्बिनीविरुद्ध २३ रनको जित हात पारेको थियो। ​

क्वालिफायर्समा जित निकाल्ने टिम सिँधै फाइनल पुग्ने छ भने पराजित टिमले फाइनल प्रवेशका लागि एलिमिनेटरको विजेतासँग खेल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *