अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,पुस २४ गते।
आज सुनको मूल्य तोलमा एक हजार रुपैयाँले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलमा एक हजार र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।
आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३ हजार ३ सय, तेजावी सुनको मूल्य एक लाख २ हजार ८ सय र चाँदीको मूल्य १३ सय ८० रुपैयाँ कायम भएको छ ।