जनकपुर रोयल्सलाई ६ रनले पराजित गर्दै लुम्बिनी अल स्टार्स नेपाल टी २० लिगको फाइनलमा

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,पुस २४ गते।

जनकपुर रोयल्सलाई ६ रनले पराजित गर्दै लुम्बिनी अल स्टार्स नेपाल टी २० लिगको फाइनलमा पुगेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको पहिलो क्वालिफायर्समा टस हारेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४३ रनको योगफल खडा गरेको थियो । जवाफमा जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १३७ रनमात्र जोड्न सक्यो ।

अन्तिम ओभरमा जितका लागि १० रन चाहिएकोमा जनकपुरले तीन रन मात्रै बनायो । जनकपुरका लागि समिउल्लाह सिनवारिले ४५ र पवन सर्राफले नटआउट ३० रन बनाए । बलिङतर्फ लुम्बिनीका दीपेन्द्रसिंह ऐरी, विपुल शर्मा र सागर ढकालले दुई-दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीका ईशान पाण्डेले सर्वाधिक ३८ रन बनाए । जनकपुरका जितेन्द्र मुखिया, सोमपाल कामी र अशान प्रियञ्जनले दुई-दुई विकेट लिए ।

आज पराजित भए पनि जनकपुरको फाइनल प्रवेशको सम्भावना भने कायमै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *