नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,पुस २३ गते।

आज नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने वा नदिने भन्नेबारे निष्कर्ष निकाल्न संसदीय दलको बैठक आज बस्न लागेको हो ।

यही पुस २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदैछन् । उक्त समय संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा आज काँग्रेस संसदीय दलको बैठकले निर्णय गर्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *