अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,पुस २३ गते।
मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईको धेरै भूभाग हुस्सु र कुहिरोले ढाकिएको छ ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली रही तराईका केही भू-भागहरूमा शितलहर चलिरहेको छ।
आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ।
तराईका धेरै भू-भागहरूमा हुस्सु-कुहिरो लाग्ने सम्भावना रहेको छ। यो क्रम राति पनि जारी रहनेछ ।
शीतलहरका कारण तराई क्षेत्रको जनजीवन प्रभावित भएको छ ।