स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एक भारतीय नागरिक धनुषाबाट पक्राउ

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,पुस २७ गते।

स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एक भारतीय नागरिक धनुषाबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत बिहार राज्य मधुवनी जिल्ला ग्राम पञ्चायत दुहवी महिनाथपुर बस्ने वर्ष ४२ का राजेश कुमार साह छन् ।

भारतबाट बी.आर. ३२ ए.सी ७६७९ नम्बरको स्कुटर चढेर नेपाल तर्फ आउँदै गरेको अवस्थामा   शंका लागेर चेकजाँच गर्दा श्रोत नखुलेको १६ लाख रुपैयाँ बरामद भएको डिएसपी प्रदीपबहादुर क्षेत्रीले बताए ।

उनलाई आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाईएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *