धनुषाको राजदेवी मन्दिरबाट चाँदीका मुर्तिसहित गरगहना चोरी गर्ने पाँचजना पक्राउ

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,फागुन २१ गते।

धनुषाको रमदैया स्थित प्रसिद्व शक्तिपिठ माँ राजदेवी मन्दिरबाट चाँदीका मुर्तिसहित गरगहना चोरी गर्ने पाँचजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बस्ने वर्ष ३७ का रजाक मोहमद, विदेह नगरपालिका न.४ सुन्दरपुर बस्ने वर्ष २९ का मोहमद हबगुल्ला साह, वर्ष २२ का नर्सुदिन साह, वर्ष ३० को सरिफ मुसलमान, कमला नगरपालिका ७ हथमुन्डा बस्ने वर्ष २२ का रमेश कुमार महतो छन् ।

उनीहरुको साथबाट राजदेवी मन्दिरबाट फागुन १४ गते राति ताला तोडेर देवीको चाँदीको मुर्ती, मुकुट अर्धवृत्त आकारको वस्तु (पाता), गिलास र सुनको मंटिका, नथिया, सिक्रि, कानको झुम्का लगायतको सुन चाँदीको सर सामानहरू बरामद गरेको धनुषाका प्रहरी प्रवक्ता वेद प्रसाद गौतमले जानकारी दिए ।

उनीहरुको साथबाट मुर्ती सहित चाँदीको पिढी २ किलो, चाँदीको मुकुट २५ तोला, चाँदीको झाप १ किलो, चाँदीको थाली ५०० ग्राम, चाँदीको लोटा १५ तोला, चाँदीको घण्टि १२ तोला, सुनको मनटिका ६ अना, सुनको नथिया १० अना, सुनको सिक्रि ४ अना, सुनको नाकको टप १ अना, सुनको कानको बाली ६ अना, चाँदीको मुर्तीको टुक्रा र मुकुटको टुक्रा समेत गरी २ किलो बरामद भएको छ । पासपोर्ट थान–१, परीक्षा प्रबेश पत्र थान–१ ) तामाको मरअंकित बस्तु थाना–१, पित्तको कसौडी थान–१, पित्तलको सानो लोटा थान–१, पित्तलको गिलास थान–१, दियो थान–१, तामाको सानो सानो गिलासहरु, चरेशको थाल–७ थान, हम्मर थान–१, कमण्डल थान–१ समेत बरामद गरिएको धनुषाका एसपी विश्वराज खड्काले जानकारी दिए ।
त्यस्तै दान पेटिकामा रहेको नगद २-३ महिना देखी नखुलेको) र नगद ११ हजार ५०० रुपैयाँ समेत बरामद भएको हो । डाका तथा चोरी घटनामा प्रयोग गरेका कटुवा पेस्तोल १, त्यसमा प्रयोग हुने गोली १ राउण्ड, मोवाइल थान १३ थान, खुकुरी चार थान, ह्याक्सो ब्लेड १ थान, फलामको छेनी थान–२, ठुलो फलाको घन–१, सलाई रिन्च–१, फलाको चारपाटे बस्तु, खुकुरी थान–१, खन्ती थान–१ वटा समेत बरामद भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *