अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,फागुन २१ गते।
मिथिला माध्यमिकी परिक्रमा आज भारतको बिसौल पुग्दै छ।
१४ औं पडाव स्थल बिसौलमा आज परिक्रमा यात्री रात्रि विश्राम गरेपछि भोलि पुनः बिहारकै कल्ना प्रस्थान गर्नेछन् । कल्ना पुगेर परिक्रमा यात्री जनकपुरधाम फर्किने छन् ।
सोमबार परिक्रमा यात्रुहरु जनकपुरधाम आइपुग्ने छन् । मंगलबार जनकपुरधाममा अन्तरगृह गरेपछि परिक्रमा यात्रा पूरा हुनेछन् ।
यही फागुन ८ जनकपुरधामको हनुमानगढीस्थित जम्मा भएर परिक्रमा यात्रा सुरु भएको थियो ।
प्रत्येक वर्ष फाल्गुन शुक्लपक्ष प्रतिपदाका दिनदेखि १५ दिन मिथिला मध्यमा परिक्रममा सुरु हुने चलन छ। परिक्रमाका क्रममा १५ दिनसम्म डोलालाई जनकपुरधामबाट कल्याणेश्वर हुँदै फूलहर, मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, क्षिरेश्वरनाथ (पर्वत्ता), धनुषाधाम, सतोषर (मिथिलेश्वरनाथ), अउढी, करुणा, बिसौल र फेरि कल्याणेश्वरसम्म पुर्याउने परम्परा रहेको छ । डोला फागु पूर्णिमाका दिन जनकपुरधाम फर्किएर नगरको पाँचकोसे अन्तर्गृह परिक्रमा गरी समाप्त हुने छ ।